Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वकी मन्त्रीले कोदोको रक्सीलाई ब्राण्ड बनाउने पहल गरिरहँदा पश्चिममा ७ हजार लिटर नष्ट !

    पूर्वकी मन्त्रीले कोदोको रक्सीलाई ब्राण्ड बनाउने पहल गरिरहँदा पश्चिममा ७ हजार लिटर नष्ट !

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउदै आएको बेला कर्णाली प्रदेश अन्तर्गतको जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने तीन दिनमा सात हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

    स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले सामाजिक सञ्जालमा साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिँदै आएकी छिन्।



    यता, कर्णाली प्रदेशको सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिका भने ठीक उल्टो भएको छ। जसमा जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।



    डीएसपी घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए । सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार