Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन माग गर्ने एमाले नेतृ राईले गरिन् केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

    कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन माग गर्ने एमाले नेतृ राईले गरिन् केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.1K
    SHARES

    खोटाङ । नेकपा एमालेकी नेतृ तथा प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    मंगलबार जिल्ला सदरमुकाम दिक्तेलमा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री राईले एमालेको केन्द्रीय कमिटी सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।



    यस्तै उनले केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीच थप छलफल पनि बताएकी छिन्।



    जिल्लाको मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता समेत हुन् ।

    खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी राई २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार