Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोदोको रक्सीलाई ब्राण्ड बनाउने मन्त्री राईको पहिलो लक्ष्य

    कोदोको रक्सीलाई ब्राण्ड बनाउने मन्त्री राईको पहिलो लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरे । जसमा सामाजिक विकास मन्त्रालयको जिम्मा उषाकला राईको भागमा पर्यो ।

    शुक्रबार नै मन्त्री राईले शपथ तथा पदभार ग्रहण गरिन् । पदभार ग्रहण गरेलत्तै केन्द्रदेखि प्रदेशसम्मका मन्त्रीहरुले कुनै न कुनै नयाँ कामको थालनी वा कुनै विषेश निर्णय गर्ने चलन छ ।



    सोही चलन अनुसार मन्त्री राइले पनि एउटा नायाँ कम गर्ने निर्णय गरिन् । तर, उनले गरेको निर्णय स्थानीय सरकारले गरेको निर्णयभन्दा ठ्याक्कै विपरित थियो ।



    स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा मन्त्री राईले भने कोदोको रक्सीलाईनै ब्राण्ड बनाउन पहल गर्ने बताइन् ।

    ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिएकी हुन् ।

    उनले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन्।

    मन्त्री राईले पदभार ग्रहण गरेलगत्तै फेसबुकमा लेखेको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताएकी छन् ।

    उनले त्यतिबेला भनेकी थिइन्–‘हामी विदेशी रक्सी लिएर चियर्स गर्छौं । तर, हामी हाम्रो लोकल रक्सीचाहिं पोखेर ती गरिव आमाहरुको आशु, पसिना माटोमा पोखेर हा..हा… गरेर खुसी हुन्छौं । दक्षिण कोरियाले बोटलिङ गरेर छ्याङ नै भनेर नेपालमा पठाएको छ । त्यहि छ्याङको पैसा उता जान्छ । कुन देशले तुङ्बा र हाम्रै लोकल रक्सीलाई ब्राण्ड बनाउने हो थाहा छैन । हामीलाई लाज लाग्नु पर्ने होइन् ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार