Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश नामकरण घोषणामा पत्रकारलाई निकालिएकोप्रति पत्रकार मञ्चको ध्यानाकर्षण

    प्रदेश नामकरण घोषणामा पत्रकारलाई निकालिएकोप्रति पत्रकार मञ्चको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 837
    SHARES

    विराटनगर । संसदीय मामिला पत्रकार सञ्जाल नेपालले प्रदेश १ को नामकरणको सन्दर्भमा भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    सञ्जाल नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १७ गते प्रदेश १ को नामकरणको प्रक्रिया अगाडी बढाउने क्रममा प्रदेश एकको प्रदेश सभाले पत्रकारहरू माथि गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।



    ‘प्रदेशसभामा नामकरण प्रक्रियाका क्रममा मत विभाजन प्रक्रिया र घोषणा गर्ने समयमा पत्रकार दीर्घाबाट मर्यादा पालक लगाएर समाचार संकलन गर्न पुगेका पत्रकारलाई बाहिर निकालिएको घटनालाई कुनै पनि हिसावले न्यायोचित मान्न सकिदैन’, विज्ञप्तिमा भनिएको छ, यस किसिमले पत्रकारहरूलाई दुर्व्यवहार गर्नु सञ्चार क्षेत्रको अपमान हो ।’



    बुधबार प्रदेश १ को नामकरणका विषयमा मत विभाजन हुँदा पत्रकारहरुलाई प्रदेश सभा भवनबाट बाहिर निकलिएको थियो ।

    खुल्ला संसदका बारेमा व्यापक बहसहरू भइरहेको अवस्थामा प्रदेशसभाहरू खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा पत्रकारहरू माथि गरेको व्यवहार त्यस विपरीत भएको ठहर सञ्जालको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार