Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश १ को नाम ‘कोसी’ पारित

    प्रदेश १ को नाम ‘कोसी’ पारित

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 648
    SHARES

    विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ ।

    एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताब ध्वनी मतले पारित भएको हो ।



    अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ ।



    समाजवादीका सम्सदिय दलका नेता राजेन्द्र राईले राखेको प्रस्ताबमा राजेन्द्र राईले धारणा राखेपछी सभामुख बाबुराम गौतमले प्रस्ताब पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

    कोसीको प्रस्ताबमा ध्वनी मत आएपछी किराँत लिम्बुवान सगरमाथा प्रदेसको नामको प्रस्ताब प्रदेस सभाले अस्विकृत गरेको छ ।

    प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विष्क्षमा भने चार जनाले हात उठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार