Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • द्वन्द्व बढ्ने खतरा देखिएपछि प्रदेश १ नामकरण बारेको छलफल लाइभ बन्द

    द्वन्द्व बढ्ने खतरा देखिएपछि प्रदेश १ नामकरण बारेको छलफल लाइभ बन्द

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 624
    SHARES

    विराटनगर । प्रदेश नम्बर १ को नामकरणसम्बन्धी प्रस्तावमा अहिले प्रदेश सभामा छलफल भइरहेको छ।

    अघिल्लो प्रदेश सभाले राख्न नसकेको नाम चुनावपछि गठन भएको नयाँ प्रदेश सभाले टुंगो लगाउन छलफल भइरहँदा त्यसको प्रत्यक्ष प्रसारण भने रोकिएको छ।



    यसअघिका सबै बैठकहरू प्रदेश सभा सचिवालयको आफ्नो युट्युब च्यानलबाट लाइभ हुने गरेका थिए। बुधबारको बैठक भने लाइभ गरिएको छैन।



    प्रदेशसभाको प्रत्यक्ष प्रशारण गरे द्वन्द्व बढ्न सक्ने भन्दै बन्द गरिएको बताइएको छ ।

    आजको बैठकले प्रदेशको नाम टुंगो लगाउँदै छ । कांग्रेस, एमाले र माओवादी लगायतका ठूला दलहरू कोसी प्रदेश नाममा सहमत छन् ।

    यद्पि केही दल र समूहले यसमा विरोध गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार