Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेश १ को नाम कोशी राखिएको भन्दै आन्दोलन शुरु

    प्रदेश १ को नाम कोशी राखिएको भन्दै आन्दोलन शुरु

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 861
    SHARES

    विराटनगर । प्रदेश १ को नाम पहिचानविपरीत भएको भन्दै सडक आन्दोलन शुरु गरिएको छ।

    लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन्।



    आज बसेको प्रदेस सभा बैठकबाट कोशी प्रदेश नाम राख्न गरेको प्रस्ताव छलफलका लागि स्वीकृत गरेको थियो । भने किरात लिम्बुवान सगरमाथा नामको प्रस्ताव प्रदेशसभाले छलफलका लागि अस्वीकृत गरेको थियो ।



    कोशी प्रदेशमा एमालेको प्रस्तावमा काग्रेसले समर्थन गरेको थियो भने माओवादीले पनि कोसी प्रदेशलाई मत दिएको थियो।

    उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद !, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् ।

    धर्ना र नारा जुलुस बढेसँगै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ । नामाकरण राख्ने बैठक भने अहिले पनि चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार