Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश १ नामकरण : कोशी प्रदेशमाथिको छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

    प्रदेश १ नामकरण : कोशी प्रदेशमाथिको छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 612
    SHARES

    मोरङ । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।

    सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्को बैठक बस्नेछ ।



    कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।



    संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्को बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको छ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार