Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेश १ प्रदेश सभाको बैठक सुरु

    प्रदेश १ प्रदेश सभाको बैठक सुरु

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 468
    SHARES

    विराटनगर ।  प्रदेश १ को प्रदेश सभाबैठक शुरु भएको छ।

    प्रदेश सभाको आजको बैठकमा प्रदेशको नामाकरण प्रदेश सभामा टेबल हुने कार्यसुची छ।



    बैठकले प्रक्रियामा गएर प्रदेश १ को नामाकरणाको टुंगो लगाउने छ । प्रदेशसभा सचिवालयमा एमालेका राम राना मगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता भएको छ ।



    त्यस्तै, राजेन्द्र राई प्रस्तावक भइ कमल प्रसाद जबेगु र निर्मला लिम्बू समर्थक रहेको किराँत लिम्बुवान सगरमाथा नाम राख्ने प्रस्ताव दर्ता भएको छ ।

    प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार