Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ ।

परीक्षा सञ्चालनको समय निर्धारण गर्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिक्षा सञ्चालनबारे सर्तसहित अनुमति दिएको थियो । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो

सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए ।

परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने बताएका छन् । बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ ।

गत जेठमा तय गरेको परीक्षा कोभिड १९ का सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले गत वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077