Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ वानेश्वरमा 'बाँदरको भेष' धारण गरेर युवा संघको प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमाले नेपाल पक्षका २२ सांसदले उनलाई मत दिएका थिए ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077