Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

'कार्यकर्तालाई सडकमा बाँदर बन्न हैन असल मान्छे बन्न सिकाउँ'

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रघुजी पन्तले पार्टीका कार्यकर्तालाई सडकमा बाँदर बन्न होइन असल मान्छे बन्न सिकाउनुपर्ने उल्लेख गरेका छन् ।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरूले नयाँबानेश्वरमा बाँदरको भेषधारण गरेर गरेको सडक प्रदर्शनलाई लक्षित गर्दै उनले यस्तो उल्लेख गरेका हुन्।

एमाले नेता पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, 'कार्यकर्तालाई सडकमा बाँदर बन्न हैन असल मान्छे बन्न सिकाउँ । असल मान्छे नै असल कार्यकर्ता बन्न सक्छन् ।आलोचनात्मक चेतना र लागेको कुरा निर्धक्क बोल्न सक्ने कार्यकर्ता पार्टीको ठूलो सम्पत्ति हुन्।'

यस्तै पन्तले थप लेखेका छन्, 'तर, अचेल नेताहरूलाई आलोचना गर्ने कार्यकर्ता होइन प्रशंसा गर्ने भक्तजन मात्र मन पर्छ। भक्तहरू हैन कार्यकर्ताहरूको निर्माण गरौं। साइबर सेना र आईटी सेना हैन, प्रतिभाशाली र सिर्जनशील साइबर तथा आईटी इन्जिनियरहरू उत्पादन हुने वातावरणको निर्माण गरौं। दिएको नारा भट्याउने हैन हामीलाई प्रश्न गर्नसक्ने सचेत, सक्षम र इमान्दार कार्यकर्ता र नागरिकहरू आजको आवश्यकता हो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077