Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ वानेश्वरमा ‘बाँदरको भेष’ धारण गरेर युवा संघको प्रदर्शन

    नयाँ वानेश्वरमा ‘बाँदरको भेष’ धारण गरेर युवा संघको प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।



    गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमाले नेपाल पक्षका २२ सांसदले उनलाई मत दिएका थिए ।



    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार