Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हतियार खरिदको विरोध गर्दै युवा संघद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

    हतियार खरिदको विरोध गर्दै युवा संघद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध मसाल जुलस प्रदर्शन गरेको छ । हतियार खरिदको विरोध गर्दै संघका नेता कार्यकर्ताहरुले मंगलबार बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

    किसानलाई सहजरुपमा मल उपलब्ध गराउन र हतियार खरिद प्रक्रिया रोक्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। नेपालमा बढ्दै गएको महँगी र जनसबालका मागहरु राख्दै युवा संघले प्रदर्शन गर्दै आएको छ ।



    विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।



    उनले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए । उनले हतियार किन्ने निर्णय नरोकिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार