Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • जसपानिकट युवा संघको नेतृत्वमा हेमन्त राई, पदाधिकारीमा को-को ?

    जसपानिकट युवा संघको नेतृत्वमा हेमन्त राई, पदाधिकारीमा को-को ?

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन । जनकपुर र काठमाडौं गरि दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले समाजवादी युवा संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो ।

    समाजवादी युवा संघको केन्द्रीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हेमन्त राई आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खाको केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुखमा सक्रिय रहेका छन ।



    सात वटै प्रदेश र क्षेत्र समेटेर समाजवादी युवा संघको २५ सदस्यीय केन्द्रीय पदाधिकारी सहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ ।



    संघको वरिष्ठ उपाध्यक्षमा सञ्जीव कुमार यादव, निरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाह चयन भएका छन ।

    दीलिप पटेल महासचिवमा चुनिएका छन भने उप-महासचिवमा आतिश कुमार सिंह यादव, रेणु सिंह, रंजित गोस्वामी, अशोक मण्डल र सरोज यादव तथा संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन भएका छन ।

    संघको प्रथम राष्ट्रीय भेलामा प्रमुख अतिथि अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, विशिष्ट अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, युवा ईन्चार्ज शूशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार