Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पठाओका संस्थापकको हत्या प्रकरण : आफ्नैले गरेका थिए हत्या !

काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओका संस्थापक फहीम सालेहको हत्या उनका आफ्नै असिस्टेन्टले गरेको पुलिसले जनाएको छ।

बीबीसीको एक रिपोर्टअनुसार मंगलबार आफ्नै अपार्टमेन्टमा हत्या भएको अबस्थामा भेटिएको थियो।  पुलिसले शुक्रबार सालेहका असिस्टेन्ट टायरिस हास्पिललाई पक्राउ गरेको र हास्पिलले अपराध स्वीकार गरेको पुलिसले जानकारी दिएको छ।

पुलिस अनुसन्धानमा हत्याको कारण हजारौं डलर ऋण भएको खुलेको छ । जसअनुसार आरोपी हास्पिलले सालेहसँग हजारौं डलर ऋण लिएका थिए र उनी यो रकम फिर्ता दिन चाहँदैनथे ।

पुलिसका अनुसार हास्पिल २ वर्ष पहिले सालेहकहाँ काम माग्न आएका उनी सालेहको नजिक भएपछि असिस्टेन्ट बनेका थिए । त्यसको केही समयपछि हास्पिलले सालेहसँग अलग अलग कारण बताएर सापटी लिन सुरु गरेको र रकम धेरै भएपछि उनले सालेहलाई नै मारिदिने योजना बनाएका थिए ।

हत्या भएको दिन मंगलबार दिउँसो हास्पिल सालेहसँगै उनको अपार्टमेन्टमा गएको र  रडले टाउकोमा प्रहार गरेपछि बेहोस भएका सालेहको हत्या गरिदिए । त्यही बेला सालेहकी बहिनी उनलाई भेट्न अपार्टमेन्ट पुगिन् । डोरबेलको आवाज सुनेपछि हास्पिल पछाडिको ढोकाबाट भागेको पुलिसको अनुसन्धानमा खुल्न आएको हो ।

सालेहले नाइजेरियाको एक राइडिङ र डेलिभरी एप कम्पनी गोकाडाका पनि सीइओ थिए । यसका अलावा बंगलादेशमा संचालित यस्तै किसिमको कम्पनी पठाओका पनि उनी सीइओ थिए । पठाओले २ वर्षअघि सन् २०१८ मा नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077