Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै राजीनामाको घोषणा गरेको बताए । सिंहले आजै बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको जनाए ।

‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ,' उनले भने, 'ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

'मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु’उनले भने।

यदि क्रियाशीलको विवाद समाधन नभए त्यसको विरुद्ध मेची महाकाली अभियान चलाउने सिंहले चेतवानी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077