Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माधव पक्षलाई ओलीको स्पष्टीकरण पत्र – अपराधपूर्ण कार्य किन गर्नुभयो ? (पत्रसहित)

    माधव पक्षलाई ओलीको स्पष्टीकरण पत्र – अपराधपूर्ण कार्य किन गर्नुभयो ? (पत्रसहित)

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 4.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

    आज हिजोको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे भने केही उल्लेख गरिएको छैन ।तर, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।



    साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ? पत्रमा सोधिएको छ।



    जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, स्पष्टीकरणमा भनिएको छ ।

    आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । त्यसको भोलिपल्ट अर्थात् बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार