Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • स्पष्टीकरण पत्र :

    नेपाल पक्षका २२ सांसदले बुझाए ओलीलाई जवाफ (पत्रसहित)

    नेपाल पक्षका २२ सांसदले बुझाए ओलीलाई जवाफ (पत्रसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

    आज नेपाल पक्षका सांसद मेटमणि चौधरीले नेताहरुले स्पष्टीकरणको छुट्टाछुट्टै जवाफ दिएको बताउदै आफुले भने ६ बुँदे जवाफ दिएको बताए।



    पार्टी अध्यक्ष ओलीलाई सम्बोधन गरेर उनले बुझाएको जवाफमा गत साउन ४ गतेको पत्रमार्फत उठाएका सवालहरूलाई नेकपा एमालेभित्र पछिल्लो समयमा विकास भएका राजनीतिक र सांगठनिक परिवेशमा हेर्न वाञ्छनीय हुने उल्लेख गरिएको छ।



    जवाफमा सांसद चौधरीले ओलीलाई नै प्रश्न गर्दै लेखका छन्, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइ एकताबद्ध भएर निर्णय गरी अगाडि बढ्नुपर्नेमा विधिवत बैठक बोलाउनुको साटो पार्टी अध्यक्षले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई जानकारी नै नदिई गुटगत रुपमा प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो मत मिल्नेहरूको भेला बोलाइ केन्द्रीय कमिटीको कथित विशेष बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरित नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नै नरहेका २३ जन व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको पाइयो । यो काम कसरी विधानसम्मत हुनसक्छ ?’ भन्दै प्रश्न गरेका छन् ।

    उनको जवाफ यस्तो छ :

    स्पष्टीकरण सोधिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार