Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मेटमणि चौधरीको प्रश्न – चालु आर्थिक वर्षमा राजश्व संकलन हुने आधार के हो ?

    मेटमणि चौधरीको प्रश्न – चालु आर्थिक वर्षमा राजश्व संकलन हुने आधार के हो ?

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 774
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने आधार नभएको बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै उनले सरकारले दिएको लक्ष्यअनुसार राजश्व उठाउने ग्यारेन्टी के हो ? भन्दै प्रश्न गरे।



    उनले बजेट विनियोजन गर्दा साधारण खर्च र वित्तीय व्यवस्थापन भन्दा पनि पुँजीगत खर्च ध्यान दिनुपर्ने भएपनि सरकारले उल्टो बजेट ल्याएको भन्दै लक्ष्यअनुसार राजश्व उठ्नेरनउठ्ने विषयमा सरकारले जनतालाई जवाफ दिन माग गरे ।



    उनले भने, ‘सरकारको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने ग्यारेन्टी के हो ? सरकारले जुन लक्ष्य लिएको छ त्यो अनुसार राजश्व उठ्ने नउठ्ने विषयमा सरकारले जनतालाई कहिले आश्वस्त बनाउँछ ।’

    त्यस्तै, बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले पनि सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको भन्दै संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार