Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैध पैसा प्रयोगमा ल्याउने गरी नीति बनाऔं : मेटमणि चौधरी

    अवैध पैसा प्रयोगमा ल्याउने गरी नीति बनाऔं : मेटमणि चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 303
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अवैध पैसा प्रयोगमा ल्याउने गरी सरकारको नीति आवश्यक रहेको बताएका छन्।

    बिहीबार अर्थसमितिको बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले यस्तो बताएका हुन् ।



    उनले ठूलो रकम लुकाएर राखिएको कारण आर्थिक क्रियाकलाप विस्तार हुन नसकेको भन्दै यस्तो रकम वैध गराउन मिल्ने गरी नीति ल्याउन आवश्यक रहेको बताए।



    प्रमुख सचेतक चौधरीले भने,’पैसा बचाएर समृद्धि हुने होइन, पैसा खर्च गरेर हुने हो, खर्च गर्ने वातावरण हामीले बनाउनु पर्छ।अलिकत ट्रान्जेक्सन बढी भयो भने उसमाथि खोजतलासी गर्ने गरिन्छ, यस्तो किन गर्नु पर्‍यो, देशभित्र आउने पैसा पनि आउन दिए भयो, म त भन्छु एक पटकको लागि लुकाएको पैसा ह्वाइट गराउने योजना ल्याउनु पर्छ।’

    उनले यसअघि पनि समितिको बैठकमा पटक–पटक यो विषय उठान गरेका छन्। अहिलेको आर्थिक समस्या समधान गर्न यो कदम उपयुक्त हुने उनको भनाइ छ।

    त्यस्तै समग्र बजारको मनोवल अझै बढ्न नसेकको भन्दै मनोवल बढाउने गरी काम गर्नका लागि पनि उनले अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार