Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अर्थमन्त्री महतलाई मेटमणिको सुझाव- ब्याजदर घटाएर कर्जा प्रवाह तत्काल बढाउनुस्

    अर्थमन्त्री महतलाई मेटमणिको सुझाव- ब्याजदर घटाएर कर्जा प्रवाह तत्काल बढाउनुस्

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 717
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग आग्रह गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले यस्तो सुझाव दिएका हुन् ।



    बैंक व्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भिर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दावी समेत उनले गरे । मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंकको ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो।



    उनले भने, ‘माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हुनुहोस्, यदि तपाईले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाइनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नुहुन्न । त्यसैले बैंक ब्याजदर घटाउनुस् । यसमा पहल गर्नुस् । त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नु ।’

    उनले वैदेशिक रोजगारीमा गएकाहरुका विषयमा पनि सरकारले चासो राख्नुपर्ने भन्दै युवाहरुलाई दक्ष बनाएर मात्रै रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार