Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले विवाद

    स्पष्टीकरणको समय घर्किदै, कानुन व्यवसायीसँग परामर्श गर्दै नेपाल पक्ष

    स्पष्टीकरणको समय घर्किदै, कानुन व्यवसायीसँग परामर्श गर्दै नेपाल पक्ष

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने/नदिनेबारे कानुन व्यवसायीसँग परामर्श गर्ने भएका छन्।

    बुधबार नेपाल पक्ष अनुपस्थित रहेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकको निर्णयबाट अध्यक्ष ओलीले प्रधानमन्त्री श‍ेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । जुन समय आज केही छिनपछि घर्किदै छ।



    नेपाल पक्षका सांसद मेटमणि चौधरीका अनुसार स्पष्टीकरणको जवाफ राजनीतिक रूपमा दिनु जरुरी नभएपनि कानुनी रुपमा के हुन्छ भनेर कानुन व्यवसायीसँग छलफल गर्न लागिएको हो।



    नेपाल पक्षका सांसदहरुले कानुन व्यवसायी गोविन्द बन्दीलगायतसँग छलफल गर्ने बताइएको छ।

    यसअघि बुधबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले स्पष्टीकरणले पार्टी एकतामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको थियो।

    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार