Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फ्लोर क्रस भन्दा पनि विपक्षी गठबन्धनमा सहभागिताबारे ओलीले सोधे २२ सांसदलाई स्पष्टीकरण

    फ्लोर क्रस भन्दा पनि विपक्षी गठबन्धनमा सहभागिताबारे ओलीले सोधे २२ सांसदलाई स्पष्टीकरण

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

    आज पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे भने केही उल्लेख गरिएको छैन । तर, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाइएको छ ।



    साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ? पत्रमा सोधिएको छ।



    जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, स्पष्टीकरणमा भनिएको छ ।

    आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए ।

    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार