Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राजिनामाको पत्र खल्तीमा राखेर बालुवाटार छिरे अमरेशकुमार

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै राजीनामाको घोषणा गरेको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंह राजीनामाको पत्र बोकेर बालुवाटार पुगेको बताए।

पार्टी सभापति तथा प्रधानमन्त्रीलाई राजीनामा दिन यहाँ (बालुवाटार) आएको छु।’ उनले भने, 'पार्टीका इमान्दार नेता कार्यकर्तालाई क्रिायशील सदस्यता नदिएर ठेकादारलाई दिएकोमा बिरोध जनाउदै आएका सिंहले इमान्दार कार्यकर्ताको क्रियाशील सदस्यता संरक्षण गर्न नसक्नेले अरु अधिकारको के रक्षा गर्छ भन्दै राजीनमा दिन लागेको बताए ।

‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ,’ उनले भने, ‘ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

‘मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु’उनले भने।

यदि क्रियाशीलको विवाद समाधन नभए त्यसको विरुद्ध मेची महाकाली अभियान चलाउने सिंहले चेतवानी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077