Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिएर ‘गिनिज बुक’मा लेखिने गरी ‘गद्दारी’ गरे पनि पार्टी बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको ओलीले बताएका छन्।

महाधिवेशनसम्म आफूले अध्यक्ष पद छोड्न नमिल्ने भन्दै ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा पार्टी बचाउन नेपाललाई दोस्रो अध्यक्ष सुम्पिन तयार रहेको धारणा राखे ।

पार्टी एकताका लागि आज नेपाललाई भेट्ने ओलीले बताए । प्रस्ताव अस्वीकार गरे बैठकले उचित निर्णय लिने ओलीले चेतावनी दिए । ओली र नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ। वार्ताका लागि कार्यदलका पूर्वसदस्यहरु जुटेका छन्।

ओलीले बुधबार शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदहरुलाई त्यसबारे स्पष्ट नपारी अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिकाले प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गरेको हो भन्दै २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077