Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसी प्रहरीको भ्रष्टाचार : घुस लिएको प्रमाण खोज्दा सुनको शौचालय फेला

एजेन्सी। युरोपियन राष्ट्र रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभ र अन्य छ जना र ट्राफिक प्रहरीका कार्यालयहरू पनि रहेको रुसी समाचारहरु  जनाएको छ।

अनुसन्धानकर्ताहरूले उनीहरुलाई पक्राउ गर्न धेरै ठाउँमा छापा मारेको र तीमध्ये एउटा भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा अन्य विलासी सामग्रीहरू फेला परेको हो।

जाँच समिति एसकेको वेबसाइटमा राखिएको भिडिओमा उक्त भवनभित्र अत्यधिक खर्च गरेर सजावट गरेको देखिन्छ। एसकेले आफूले ८० वटा स्थानमा खानतलासी गरेको बताएको छ।

व्यापार-व्यवसाय गर्ने नक्कली अनुमतिपत्र जारी गरेर ती ट्राफिक प्रहरीले घुस लिएको आरोप लागेको थियो।

त्यस्तो अनुमतिपत्र प्रयोग गरेका चालकले अनधिकृत रूपमा अन्न र निर्माण सामग्री बोकेका सवारीसाधन बिनाजाँच प्रहरी जाँचचौकीहरू वारपार गर्न पाएको बताइएको छ।

आरोपितहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। खानतलासीको क्रममा ठूलो मात्रामा नगद र विलासिताका महँगा सामग्री बरामद भएको बताइएको छ।

https://twitter.com/BBCSteveR/status/1417739953023430658

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077