Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विहे नगरी बच्चा जन्माउने नायिका नम्रता सापकोटाको चाहना, भन्छिन्- त्यो पूरा गर्छु

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी नायिका नम्रता सापकोटाले आफू सिंगल मदर बन्न चाहेको बताएकी छिन्।

केही दिन अघि न्यूज २४ च्यानलको ‘ई टक’ कार्यक्रममा बोल्दै नायिका सापकोटाले आफूलाई विहेभन्दा बच्चा पाउनु रहर भएको बताएपछि सामाजिक सञ्जाल उनको पक्ष र विपक्षमा विभाजित भएको छ।

उनले हालको अवस्थामा सिंगल रहेको बताउदै विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको भिडियोमा बताएकी छिन् । उनले त्यो पुरा गर्ने समेत बताएकी छिन्।

‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई ? भन्ने पत्रकारको प्रश्नमा उनले भनेकी छिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन । तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ । आगामी दिनमा । किन भने हामीले नै विस्तारै समाज परिवर्तन गर्नु पर्छ।’

विवाहको विरोधि आफू नभएको भन्दै इच्छाको आदर गर्ने पक्षमा रहेको उनको भनाइ छ । आफ्नो इच्छा चाहनाको बारेमा बुबा-आमा पूर्ण कन्भिन्स भएको उनले बताइन् । घरमा पनि यो विषयलाई लिएर बुबा आमालाई बच्चा ‘एडप्ट’ गर्ने बारेमा बताउदा सकारात्मक प्रतिकृया आएको उनले सुनाइन् । उनको भिडियो अहिले जताततै भाइरल बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077