Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दाङबाट ९ किलो चरेससहित दुई जना पक्राउ

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले ९ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार बागलुङ निसिखोला गाउँपालिकाका २१ वर्षीय सुदिप सिजाली मगर र बागलुङ बरिगाड गाउँपालिकाका ३० वर्षीय रेमबहादुर भुजेललाई पक्राउ गरिएको हो।

साउन ६ गते जिल्लाको धानखोलास्थित हुम्ला रनिङ होटलमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ९ किलो ९३० ग्रामको लागुऔषध चरेस बरामद गरिएको डीएसपी रिजालले बताए।

पक्राउ परेकाहरुमाथि प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077