Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले आफूले जनतालाई वाचा गरेको समयमा कोरोनाको खोप उपलब्ध गराउन नसकेकोमा माफी मागेका छन्।

पछिल्लो केही सातादेखि कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’को संक्रमणसँग जुधिरहेको अबस्थामा समेत खोप उपलब्ध गराउन नसकेकोमा उनले माफी मागेका हुन्।

उनले आफूले घोषणा गरेको खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि अन्य फार्मेसीलाई समेत आफ्नो कार्यक्रममा समावेश गराइने बताउदै भने, ‘म वास्तवमै तपाईंहरुसँग क्षमा चाहन्छु किनकी हामीले पहिले घोषणा गरेको खोप कार्यक्रमलाई पूरा गर्न सकेनौं,’ प्रधानमन्त्री मरिसनले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने ।

मरिसनले सरकारले यही अक्टोबरसम्ममा योग्य सबै नागरिकलाई पहिलो खेपको खोप लगाइने बताएका थिए । तर, उक्त कार्यक्रम यस वर्षको अन्त्यसम्ममा पूरा गर्ने नयाँ लक्ष्य लिइएको छ ।

अस्ट्रेलियाका विपक्षी दललगायतले सरकार आफ्ना नागरिकलाई खोप दिलाउने मामिलामा ढिला भएको आरोप लगाउँदै आएका छन् ।

अस्ट्रेलियामा बिहीबार मात्र करिब १ सय ५० नयाँ कोरोना भाइरसको संक्रमण देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये सबैभन्दा धेरै न्यु साउथ वेल्समा १ सय २४ सय भिक्टोरियामा २८ वटा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077