Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीकै शैलीमा लुम्बिनीका मुख्यमन्त्रीले लगाए माधव नेपाललाई गद्दारको आरोप !

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई गद्दारको आरोप लगाएका छन् ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि नेता नेपाललाई गद्दारको आरोप लगाएका थिए भने आज नेता पोखरेलले ओलीकै शब्द कपी गर्दै यस्तो आरोप लगाएका हुन्।

बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री पोख्रेलले अन्तर पार्टी संघर्षमा गुप्तरुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात र गद्दारी भएको उल्लेख गरेका छन्।

गत साउन ३ गते बरिष्ठ नेता नेपालसहित २२ जना सांसदले नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए । यही बिषयलाई लिएर नेता पोख्रेलले यस्तो प्रतिक्रिया दिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077