Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निको हुने भन्दा थपिनेको संख्या झन्डै दुई तिहाईले बढी, २,७१४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार २८८ जना निको भएर घर फर्केका  छन् । थपिनेको संख्या निको हुनेको भन्दा झन्डै दुई तिहाईले बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ जनाको परीक्षण गर्दा ८५९ गरी २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो २,८३८ जनामा संक्रमण पुष्टि हुँदा १,४७५ जना डिस्चार्ज भएका थिए भने ३० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077