Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जापानी राजदूत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, १६ लाख डोज खोप छिट्टै आउने

काठमाडौं। जापानी राजदूत किकुता युताका र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेपछि जापानी राजदूतले आज पहिलो पटक शिष्टाचार भेट गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा जापानी राजदूतले जापान सरकारले यसअघि नै घोषणा गरेको कोरोनाविरुद्धको १६ लाख डोज खोप छिटै आउने जानकारी गराएका छन् ।

त्यसका लागि प्रधानमन्त्री देउवाले जापानी सहयोगका लागि सामाजिक सञ्जालमार्फत् धन्यवाद दिएका छन् ।

यसअघि जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने घोषणा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077