Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसएसपी सौरभ राणा डिआईजीमा बढुवा सिफारिस

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई डिआईजी पदमा बढुवा गर्नका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले सिनियर व्याचका एसएसपी  राणालाई डिआईजीमा  बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

राणा  आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । सहकुलबहादुर थापा एआईजीमा बढुवा भएपछि रिक्त रहेको  पदमा राणाको बढुवा सिफारिस भएको हो ।

तर, आईजीपी क्षेत्रीली आफ्ना ब्याजी राणालाई अन्तिममा भए पनि बढुवा गरेर न्याय गरेका छन् ।

एसएसपीबाट डिआईजीमा बढुवासँगै अब तल्लो तहका प्रहरी अधिकारीहरुको पनि एक दुई दिन भित्रमै बढुवा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077