Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृहमन्त्रीले गरे सईहरुलाई न्याय, ९८ जना इन्सपेक्टर बढुवामा सिफारिस (नामसहित )

काठमाडौं । गृहमन्त्रीमा बालकृष्ण खाँडले कार्यभार सम्लाहेपछि लामो समयपछि नेपाल प्रहरीमा रोकिएको सईबाट इन्सपेक्टर बढुवाको जाम खुलेको छ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईको इन्सपेक्टर बढुवामा सिफारिस भएको छ । सईबाट इन्सपेक्टर बढुवामा शक्तिकेन्द्रहरुको चर्को दबाब पर्दै आएको थियो।

इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । नेपाल प्रहरीमा करिब १६/ १७ वर्ष पुराना सईको इन्सपेक्टरमा बढुवा भएको हो ।

केपी ओली सरकारले पहिला सिस्टम बिगाएर जुनियर सईहरु ( तत्कालिन गृहमन्त्री र गृह सचिवका पिएसओ)को बढुवा गरेको थियो। यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डिआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो। त्यस्तै,   प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, अन्यतर्फको प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस पनि भएको थियो ।

यस्तो छ सईबाट इन्सपेक्टमा र बढुवा सूचीः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077