Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावलले राजीनामा फिर्ता लिने

काठमाडौं । सांसद पदबाट राजीनामा दिएका एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने भएका छन्।

असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए ।

रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। नेता नेपालले बिहीबार रावलनिवास टोखा पुगेर राजीनामा फिर्ताका लागि आग्रह गरेका थिए।

रावलले नेता नेपाललाई राजीनामा फिर्ता लिने जानकारी गराएको श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077