Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक केहीबेरमा बस्दै छ।

प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो।

कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने निर्णय गरेको थियो। पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ता अनशनमा बसेका कारण बैठक बूढानिलकण्ठमा डाकिएको हो ।

नेताहरुविरुद्ध नाराबाजी र होहल्ला हुने अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले बैठक पार्टी कार्यालयमा नराखेको हो। आजको बैठकमा क्रियाशिल सदस्यताको विवादबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077