Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धादिङमा अमेरिकी खोप लगाएको १० मिनेटमै एक जनाको मृत्यु, लाइनमा बसेका मानिसहरु घर फर्के

धादिङ । कोरोना भाइरसविरुद्धको अमेरिकन खोप जोनसन एण्ड जोनसन लगाएका एक बृद्धको रहस्यमय निधन भएको छ ।

मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६का नर बहादुर श्रेष्ठ रहेका छन् ।

जिल्लाको निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा हिँडेरै पुगेका उनी खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमै आराम गरेर घर फर्केका थिए।

पारिवारिक स्रोतका अनुसार घर पुगेको १० मिनेटपछि उनलाई चक्कर लागेको र त्यसपछि स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा आएपछि उनको मृत्यु भएको डाक्टरहरुले बताएका छन् ।

निलकण्ठ नगरपालिकाका स्वास्थ्य प्रमुख विष्णु प्रसाद रिजालका अनुसार उनको शव पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा पुर्याइएको छ । अहिले उक्त खोप केन्द्रमा खोप लगाउन लाइनमा बसेका मानिसहरु खोप लगाउन छाडेर घरतर्फ लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077