Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'नो अब्जेक्सन लेटर' कीर्ते गरेर युक्रेन उड्न लागेका राजवंशी सिनामंगलबाट समातिए

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजपत्र बनाएर विदेश जान खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा जिल्ला भद्रपुर-७ घर भै हाल काठमाडौँ बस्ने २४ बर्षीय सुमन राजबंशी रहेका छन्।

सीआईबी कार्यालयका एसपी श्याम कुमार महतोका अनुसार पक्राउ परेका राजवंशीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै ब्यक्तिको नाममा जारी भएको 'नो अब्जेक्सन लेटर' कीर्ते गरेर आफ्नो नाममा बनाई युक्रेन जान लागेका थिए।

आज बिहान पाएको सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले उनलाई सिनामंगलबाट पक्राउ गरेको एसपी महतोले बताए। साथै, पक्राउ परेका राजबंशीलाई आवश्यक थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाएको सीआईबीले जनाएको छ।

यसअघि आजै मात्र सीआईबीको एक टोलीले कामदार भिसामा अमेरिका पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोहलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077