Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कार्यालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेललाई जिम्मेवारी दिएका छन्।

शुक्रवार गृहमन्त्री खाँणले यसअघिका  प्रवक्ता जनकराज दाहाललाई हटाएर फणिन्द्रमणि पोखरेललाई नयाँ जिम्मेवारी दिएका हुन्।

पोखरेल यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । पोखरेलले तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए ।

यस्तै, मन्त्री खाँणले कर्मचारी प्रशासनलगायत महाशाखामा पनि  कर्मचारीहरुको हेरफेर गर्न लागेको स्रोतले जानकारी दिएको छ।

त्यस्तै, केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा हुन लागेको गृह मन्त्रालयको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077