Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कीर्ते प्रमाणपत्र पेश गरेर डाक्टर बन्न खोज्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मेडिकल काउन्सिलको प्रमाणपत्र कीर्ते गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका-२ घर भएका ३६ बर्षीय विजय श्याम रंजित रहेका छन्।

सीआईबीका एसपी श्याम कुमार महतोका अनुसार पक्राउ परेका रंजितले नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि लिइएको परिक्षामा अनुतिर्ण भएपछि काउन्सिलको छाप लगाई किर्ते गरेका थिए।

आज बिहान पक्राउ परेका रंजितलाई थप आवश्यक कारवाहीको लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077