Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप १८ जनाको मृत्यु, मृतकको संख्या ९,७१३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको अबस्थामा आज भने केही घटेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप २ हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । यसअघि हिजो ३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ८३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५३९ र एन्टिजेन विधिबाट६९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८० हजार ५५६ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077