Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतबाट सवारी साधन चोरेर नेपालमा ल्याई बिक्री गर्ने २ जना पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले भन्सार छली सवारी साधन चोरी तथा बिक्री वितवरण गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला कन्चनपुर मैरीफाँटा न.पा. ५ घर भइ काठमाडौँ चण्डोल बस्ने ३६ बर्षीय अर्जुन कठायत र ३३ बर्षीय कृष्ण बहादुर रोकाय रहेका छन्।

महाशाखाको टोलीले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भारतबाट सवारी साधन चोरी गरी ल्याई बिक्री बितरण भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा उपत्यकाका बिभिन्न स्थानबाट ३ थान मोटरसाईकल र १ थान कारसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरणमा पठाईएको र सो सम्बन्धमा अनुसन्धान कार्य भईरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077