Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको आधिकारिकताबारे आज छिनोफानो, उपेन्द्र यादव समर्थक रातभर रिसोर्टमा

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे आज निर्णय गर्दैछ ।

महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ ।

दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई आइतबारदेखि नै रिसोर्टमा राखेको छ । उनीहरुलाई ललितपुरको गोदावरीको रिसोर्टमा राखिएको छ ।

सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएकाले यादवले आफ्नो पक्षमा रहेका सदस्यहरुलाई एकीतृत गरेर रिसोर्टमा राखेका हुन्।

आइतबार दिउँसोदेखि गोदावरी रिसोर्टमा भेला भएका कार्यकारिणी परिषदका सदस्य एवं सांसदलाई अध्यक्ष यादव र नेता बाबुराम भट्टराईले प्रशिक्षणसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077