Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले माधव समूहको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिँउसो बस्न लागेको हो।

बैठकमा पार्टी एकताको विषयमा केन्द्रीत हुने बताइएको छ। नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो। हिजोको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो।

कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए। एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए।

उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रहसमेत गरेका हुन्। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमालेको बैठकले कार्यदल भंग गरिसकेको छ। तर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन।

नेपाल पक्षले ठोस निर्णय गर्न नुक्दा मन्त्रिपरिषद पिवस्तार हुन सकेको छैन। पार्टी एकतामा लाग्ने वा नयाँ पार्टी बनाएर सरकारमा जाने भन्नेमा नेपाल पक्षभित्र मतान्तर छ। आजको बैठकले यसबारे पनि प्रस्ट धारणा बनाउने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077