Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्सी चालकहरूले आफूहरूमाथि 'गुण्डागर्दी' गरेको भन्दै पठाओ राइडरहरुद्वारा प्रदर्शन

काठमाडौँ । राजधानीमा पठाओ राइडरहरुले प्रदर्शन गरेका छन् ।

ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको भन्दै चालकहरुले ‘राइडर एकता जिन्दाबाद’ भन्दै विरोध प्रदर्शन गरेको जनाएका छन्।

राइडरहरुको विरोध प्रदर्शनले जनताहरू मारमा पर्ने र आफ्नो माग सम्बन्धित स्थानमा गएर सम्बोधन गर्न प्रहरीले राईडरहरुलाई आग्रह समेत गरेको छ। तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको जनाएको छ।

पछिल्लो समय ट्याक्सी चालकदेखि बसचालकहरुले आफूहरूमाथि गरेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्नुपर्ने राइडहरुको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077