Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अखिल र युथ फोर्सको जुलुसले कोरोना झनै बढायो : योगेश भट्टराई

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको संक्रमणप्रति सरकार गम्भीर नभए अर्को खतरा दोहोरिने बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै नेता भट्टराईले कोरोनाको डेल्टा प्रजातिको भाइरस अझै खतरनाक भन्ने कुरा आएको बताउँदै पूर्व सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

जुलुस रोक्न नसक्नु सरकारको नालायकीपन भएको आरोप लगाउदै उनले भने, 'प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन २०० भन्दा बढीको लाइन, अखिल फोर्स, युथ फोर्स आदिको जुलुस, सरकारलाई चाबी बुझाउने लाइन,' नेता भट्टराईले थपे, 'कोरोना घटेको छैन, निषेधाज्ञा कायम छ, १० दिन बढाइयो तर कडाइ भएन । सरकार सिरियस भएन भने अर्को खतरा दोहोरिन्छ।'

​यस्तै, नेता भट्टराईले कोरोना विरुद्धको खोपका लागि सरकारले पर्याप्त तयारी नगरेको भन्दै विकसित देशले आवश्यकता भन्दा बढी खोप अग्रिम बुकिङ गरेको भन्दै सरकारले के तयारी गरेको छ भन्दै प्रश्न समेत गरे ।

पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण दर पुन : बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077