Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने जनाएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।

समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले जनाएअनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ ।

यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनले जनाए ।

पछिल्ला केही दिनयता स्वास्थ्य मन्त्रालयले कोरोनाको डेल्टा भेरियन्ट नेपालमा पनि आएको भन्दै थप सतर्कता हुन सार्वजनिक अपील गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077