Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सनाखत गर्न जेलबाट निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेपछि...

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी निर्वाचन आयोगमा तटस्थ बसेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएपछि कारागार प्रशासनले उनलाई आयोगमै उपस्थित हुने अनुमति दिएपछि आयोग पुगेका उनी आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन्।

हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

आयोगले जसपाको आधिकारिकता विवाद समाधान गर्न  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077