Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भन्सार छलीको सामानसहित २ जना पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छली गरेर ल्याएको सामान र ट्रकसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ट्रक चालक बारा जिल्ला सिमरा घर भएका २९ बर्षीय संजय राय भर र पर्सा घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २३ बर्षीय कृष्ण श्रीवास्तब रहेको प्रहरी परिसर टेकुले जनाएको छ।

सोमबार बिहान बिरगञ्जबाट काठमाडौँ आएको ना ४ ख ८४९६ नम्बरको ट्रकमा राजश्व छली ल्याएका सर-सामानहरुलाई बल्खु कुमारी क्लबस्थितमा लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बरामद भएका सामानहरुमा ना ४ ख ८४९६ नम्बरको ट्रक, बिलसहितको सच्चा साबु लेखिएको साबुदाना बोरा ३०८, प्लाष्टिकको कच्चा पदार्थ ढेला १०१ बोरा, ब्याग बनाउन प्रयोग हुने कपडा ४० रोल तथा बिल नभएको राजश्व छली ल्याईएका मुल्य दुई लाख साटन कपडा १२० रेहका छन्।

पक्राउ परेका उनीहरुमाथि आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरी परिसर टेकुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077